• फाल्गुन २६ २०८२, मंगलवार

खानेपानीमन्त्रीको जिल्लामा मात्र पानी वितरण गरियो– सांसद श्रेष्ठ

श्रावण ८ २०८२, बिहीबार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण बहादुर श्रेष्ठले विपद घोषणा गरेर मात्र मधेशका समस्या समाधान नहुने बताएका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै खानेपानी मन्त्रीहरुले राजनीति गरिरहेको भन्दै विपद घोषणा गरेपनि सरकारले आवश्यक काम नगरेको आरोप लगाएका छन् । सांसद श्रेष्ठले नेपाली सेनाले ८ वटा दमकलले वितरण गरिरहेको खानेपानी मन्त्रीको पर्सा जिल्लामा मात्र गरिरहेको आरोप लगाउदै बाँकी ७ जिल्लाका जनताले खानेपानी नपाएको बताए ।

उनले सरकारले गर्नै पर्ने न्युनतम काम समेत नगर्दा अहिले मधेशका जनताले सास्ती बेहोर्नुपरिरहेको भन्दै तत्काल मधेशका सबै जिल्लामा खानेपानीको व्यवस्था गर्न माग गरेका छन् ।