• फाल्गुन २९ २०८२, शुक्रबार

हालसम्मकै उच्च यसवर्ष सात सय नयाँ उद्योग दर्ता भए- प्रधानमन्त्री ओली

श्रावण ७ २०८२, बुधबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्ष सबैभन्दा बढी ७ सय नयाँ उद्योग दर्ता भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले यसअघिका २० वर्षमा वार्षिक सरदर तीन सय वटा उद्योग दर्ता हुने गरेको रेकर्ड रहेको उल्लेख गर्दै धेरै उद्योग दर्ता भएपछि पूँजी परिचालनमा सुधार ल्याउने बताएका छन् ।

उनले भनेका छन्- यसवर्ष  सात सय वटा नयाँ उद्योग दर्ता भएका छन्, जुन हालसम्मकै उच्च संख्या हो। यसअघिका २० वर्षमा वार्षिक सरदर तीन सय वटा उद्योग दर्ता हुने गरेको रेकर्ड छ। यसले पूँजी परिचालनमा सुधार ल्याउने छ। ०४६ सालको परिवर्तन पछिको पहिलो वर्षमा खुला आर्थिक गतिविधि बढेपछि उद्योग दर्ता यस्तै बढेको थियो। अहिले सरकारले उद्यम र लगानीलाई प्रवर्द्धन गर्नेगरी कानुन संशोधन गरेपछि उद्योग दर्ताको संख्या बढेको हो।