• फाल्गुन २४ २०८२, आईतवार

नेप्से ८०.९७ अंकले बढ्यो, २० अर्बको कारोबार

श्रावण ६ २०८२, मंगलवार

काठमाडौँ । नेप्से परिसूचकमा हरियाली छाएको छ । आज नेप्से ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा रोकिएको छ ।

आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ट्रेड टावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै शिभम सिमेन्ट र सान्भी इनर्जीको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको शेयर ९.९० प्रतिशतले बढेको छ ।

त्यसैगरी आज एलबीबीएल डिभेन्चर २०८९ को सेयर मुल्य सबैभन्दा बढी ३.९४ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ७१ करोड ८८ लाख र शिभम सिमेन्टको ६८ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।