• फाल्गुन २४ २०८२, आईतवार

लगातार सुनचाँदीको मुल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

श्रावण ६ २०८२, मंगलवार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १८ सयले बढेर तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९३ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर २३२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २२८५ मा कारोबार भएको थियो