• फाल्गुन २९ २०८२, शुक्रबार

त्रिभुवन विमानस्थलबाट १४ किलो गाँजासहित भारतीय नागरिक चौनारा पक्राउ

श्रावण ५ २०८२, सोमबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १४ किलो २१० ग्राम सहित भारतीय नागरिक ३२ वर्षीय धर्मश रसिकभाइ चौनारा सोमबार दिउँसो पक्राउ परेका छन् ।

थाई एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।