काठमाडौँ । भारतीय अलराउण्डर नितिश कुमार रेड्डी इङल्याण्डविरुद्धका बाँकी दुई टेस्टबाट बाहिरिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले चोटका कारण नितिश बाँकी दुई टेस्टबाट बाहिरिएको जानकारी दिएको छ ।
नितिशले इङल्याण्डविरुद्धका लर्डस र बिर्मीङहम टेस्ट खेलेका थिए । उनले लर्डस टेस्टमा ३ विकेट लिएका थिए भने दुवै टेस्टका चार इनिंगमा कुल ४५ रन मात्र बनाएका थिए ।
त्यस्तै तिब्र गतिका बलर अर्शदीप सिंह म्यानचेस्टरमा विहिबारदेखि हुने इङल्याण्डविरुद्धको चौथो टेस्टबाट बाहिरिएका छन् । प्रशिक्षण सत्रमा नेटमा बलिङ गर्दा उनको देब्रे औंलामा चोट लागेको थियो । त्यस्तै बोर्डले अंशुल कम्बोजलाई टोलीमा थपेको छ । कम्बोज म्यानचेस्टरमा टोलीमा सामेल भएका छन् ।
भारतीय टिमलाई चोटले प्रभाव पार्ने देखिएको छ । विकेटकिपर ब्याट्सम्यान ऋषव पन्त र तिब्र गतिका बलर आकाशदीप पनि चोटका कारण चौथो टेस्ट खेल्ने बारे अन्योल रहेको बताइएको छ ।
५ खेलको टेस्ट सिरिजमा इङल्याण्ड हाल २९१ ले अगाडी रहेको छ ।