• फाल्गुन २६ २०८२, मंगलवार

गाैतम र नेपालकाे भावुक अंगालमाेमाथि सूर्य थापाकाे टिप्पणी, ‘लगनपछिकाे पाेते’

श्रावण ३ २०८२, शनिबार

काठमाडौँ । एमाले सांसद सुर्य थापाले बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित भएको प्रसंगलाई ‘लगनपछिको पोते’ को संज्ञा दिएका छन् ।

थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यो एकतालाई अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल भनेका छन् । साथै उनले २०५४ सालमै यस्तो गरेको भए अहिले अवस्था अर्कै हुने संकेत गरेका छन् ।

उनले भनेका छन्-    

वामदेवमा माधवकुमारको आनन्द : अर्थ न बर्थको ७७ र ७३ बर्षीय अंकमाल ! ऊर्जाबेगरको अभिनय- २०५४ सालमा यो मतिले काम गरेको भए …? अनि,निशर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए …? लगनपछिको पोते !?!?