काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको छ ।
यस बैठकले सचिवालयले अनुमोदन गरेको पार्टीको नयाँ विधानलाई छलफलपछि स्वीकृत गरेर सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुने छ ।
विहिबार राति सम्पन्न केन्द्रीय सचिवालय बैठकले २५१ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय पदाधिकारी रहने नयाँ विधान स्वीकृत गरेको छ भने ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने व्यवस्था गरेको छ ।