• फाल्गुन २९ २०८२, शुक्रबार

आज कानुनसहित संघीय संसदका तीन समितिको बैठक बस्दै

श्रावण १ २०८२, बिहीबार

काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

त्यस्तै आज राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

त्यस्तै दिउसो एक बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक २०८१ दफावार हुने कार्यसूची रहेको छ ।

आज बिहान सवा ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘राष्‍ट्रिय निकुहरुसँग सम्बन्धित नीतिगत समस्याहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै दिउसो १ बजे बस्ने  विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।