बागलुङ । बागलुङको भैसीघाटस्थित मध्यपहाडी लोकमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।
मंगलबारदिउसो बागलुङको ढोरपाटन नगरपालिका–२ भैसीघाटस्थित मध्य पहाडी लोकमार्गमा सडकमाथिबाट सुख्खा पहिरो खसी उक्त सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडकको अवरोध खुलाउने प्रयास गरिरहेको बताएको छ ।