• फाल्गुन २६ २०८२, मंगलवार

तैं चुप, मै चुप : मन्त्रिपरिषद बैठकमा मन्त्रीकाे घुसकाण्ड बारे कुरै उठेन

असार ३० २०८२, सोमबार

काठमाडौं । घुस संवाद सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबारे छलफल नै नगरी मन्त्रिपरिषद् बैठक सकिएको छ ।

‘मन्त्रिपरिषद् बैठक बस्यो तर उहाँबारे कसैले कुरा उठाउनु भएन, एजेन्डा नभएपछि छलफल हुने कुरा भएन’, एक मन्त्रीले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तासँग आजै बिहान बालुवाटार बोलाएर छलफल गरेका थिए ।

उच्च स्रोतका अनुसार उनलाई राजीनामा गराउने तयारी पनि भएको थियो । तर, साँझ बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ता सहभागी भएपनि उनीमाथि छलफल नभएको ती मन्त्रीले बताए ।