• फाल्गुन २६ २०८२, मंगलवार

रोल्पाका राप्रप्राका नेता बलराम घर्ती मगरको निधन

असार २७ २०८२, शुक्रबार

काठमाडौँ । राप्रप्राका संस्थापक नेता बालाराम घर्तीमगरको निधन भएको छ । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार घर्तीमगरको शुक्रबार ललितपुरस्थित बिएण्डबी हस्पिटलमा उपचारका क्रममा निधन भएको हाे ।

श्रेष्ठले नेता घर्तीमगरको निधनबाट राप्रपाले एकजना अभिभावक र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको बताएका छन् ।

पञ्चायतकालदेखि राजनीतिमा सक्रिय रोल्पाका ८७ वर्षीय घर्तीमगर ११ पटक मन्त्री भएका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए । घर्तीमगरका एक श्रीमती र ७ छोरी छन् ।