• फाल्गुन २३ २०८२, शनिबार

नर्वे र स्वीजरल्याण्ड महिला युरो कपको क्वाटरफाइनलमा

असार २७ २०८२, शुक्रबार

काठमाडौँ । नर्वे र स्वीजरल्याण्ड जारी महिला युरो कपको क्वाटरफाइनलमा पुगेका छन् । समुह ए का समुह चरणका खेल सकिएसँगै नर्वेले आफ्ना तिनै खेलमा जित हासिल गरेर समुह विजेता हुदै क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै स्वीजरल्याण्डले ३ खेलमा ४ अंक हासिल गर्दै उपविजेता हुदै क्वाटरफाइनलमा पुगेको छ । स्वीजरल्याण्ड पहिलो पटक महिला युरोको क्वाटरफाइनलमा पुगेको हो ।

समुह ए मा ४ अंक नै रहेको फिनल्याण्ड भने ग्ल अन्तरमा पछि पर्दै बाहिरिएको छ । त्यस्तै आइसल्याण्ड भने तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

१६ देशले भाग लिएको महिला युरो कप जुलाई २ देखि शुरु भएको थियो । प्रतियोगिताको फाइनल खेल जुलाई २७ मा हुनेछ ।