• फाल्गुन २४ २०८२, आईतवार

भारतीय वायुसेनकाे विमान दुर्घटना, दुवै पाइलटकाे मृत्यु

असार २५ २०८२, बुधबार

काठमाडौं । भारतकाे राजस्थानको चुरू जिल्लाको रतनगढमा भारतीय वायुसेनाको लडाकु विमान ‘ज्यागुआर’ दुर्घटनाग्रस्त भएको छ । बुधबार दिउँसो भएको विमान दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ ।

घटनासँग सम्बन्धित तस्बिरहरूमा रतनगढको भानुडा गाउँमा विमानको भग्नावशेष टाढाटाढासम्म छरिएको देखिन्छ ।

भारतीय वायु सेनाको मिडिया कोअर्डिनेसन सेन्टरले एक्समा एक पोस्ट गर्दै भनेको छ, “भारतीय वायुसेनाको एक जगुआर ट्रेनर विमान आज राजस्थानको चुरू नजिकै नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ । थप क्षति भएको छैन। भारतीय वायुसेना यो दुःखको घडीमा शोकाकुल परिवारसँग छ ।”

वायुसेनाका अनुसार, दुर्घटनाको कारण पत्ता लगाउन एक कोर्ट अफ इन्क्वाइरी गठन गरिएको छ । बीबीसी हिन्दीबाट ।