• फाल्गुन २९ २०८२, शुक्रबार

भोटेकोशी बाढी : ५५ जनाको उद्धार, ७ शव फेला

असार २४ २०८२, मंगलवार

काठमाडौँ । बर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीमा परेका ५५ जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरीका अनुसार अपराहन्न ३ बजेसम्म अहिलेसम्म बाढीमा परेका ७ जनाको शव फेला परेको छ । भोटेकोशीको बाढीमा १८ जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा ३ प्रहरी, ९ सर्वसाधारण र ६ चिनियाँ नागरिक रहेका छन् ।

नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाई पूर्ण रुपमा क्षति भएको छ भने चीनसँगको सम्पर्क पुर्णरुपमा बिच्छेद भएको छ । त्यसैगरी इभी चार्जिङ स्टेशनमा क्षति पुगेको छ भने अन्दाजी ७९८ वटा इभी गाडी बगाएको छ । त्यस्तै बाढीले रसुवागढी हाड्रोपावरमा क्षति पुर्याएको छ ।

गोसाइकुण्ड गाउँपालिका–५ पासाङल्हामु सडकखण्डस्थित धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीका कारण चर्किई अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।