• फाल्गुन २४ २०८२, आईतवार

राेल्पा थबाङका मृगौला पीडित केशर बुढामगरलाई आर्थिक सहयोग हस्तान्तरण

असार २३ २०८२, सोमबार

रोल्पा। राेल्पाकाे थबाङ गाउँपालिका–३ मिरुल, रोल्पाका मृगौला पीडित केशर बुढामगरलाई सहयोग स्वरूप जम्मा रु. ७३,५००/- हस्तान्तरण गरिएको छ । बुढामगरको दुवै मृगौला फेल भएपछि उनकी श्रीमतीले मृगौला दान गरेकी हुन् । अहिले उनको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।

उपचारका क्रममा आर्थिक सहयोग जुटाइ एकमुष्ट  ७३,५००/- रकम हस्तान्तरण गरिएको हो। सहयोग रकम हस्तान्तरण कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू तथा सहयोगदाताहरूको उपस्थिति थियो।

सहयोग प्रदान गर्ने व्यक्तिहरू तथा संस्थाहरू :

१. पहिलो पाईला, नेपाल — रु. २५,०००/-

२. मिरुल ग्लोबल ग्रुप फाउन्डेशनकाे तर्फबाट हरि बुढामगर (हाल बेलायत) — रु. ९,३००/- कमल रोकामगर (हाल जापान) — रु. ५,०००/-  र जीवन रोकामगरले उपलब्ध गराएकाे — रु. ५,१८०/- गरी  जम्मा : रु. १९,४८०/- ।

३. थबाङ समाज, काठमाडौं — रु. १०,०००/-

४. रोल्पा–काठमाडौं सम्पर्क समन्वय समितिमा आवद्द निम्न व्यक्तिहरुबाट,

गौरीलाल घर्तीमगर — रु. २,०००/-

राकेश खड्का — रु. ३,०००/-

रोशन केसी — रु. २,५००/-

खबपु मगर — रु. १,५१५/-

रुद्र पुनमगर — रु. ३,०००/-

निशानी पुनमगर — रु. २,००५/-

तिलबहादुर घर्ती — रु. ३,०००/-

सर्वजित बुढामगर — रु. २,०००/-
जम्मा : रु. १९,०२०/- । कुल हस्तान्तरण गरिएको रकम : रु. ७३,५००/- ।

कार्यक्रममा उपस्थित सबै सहयोगी संस्था र मनकारी व्यक्तित्वहरूलाई बिरामीको परिवार तथा समन्वयकर्ताहरूले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। साथै, बिरामी केशर बुढामगरको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।