• फाल्गुन २९ २०८२, शुक्रबार

मगर समुदायले साउन १ गते विविध साँस्कृतिक कार्यक्रमसहित साउने संकराई पर्व मनाउने

असार २२ २०८२, आईतवार

काठमाडौं । मगर समुदायको मौलिक चाड साउने संकराईको अवसरमा यही साउन १ गते हुन गइरहेको विविध साँस्कृतिक कार्यक्रममा उपस्थितिका लागि अथार मगरात मगर प्रतिष्ठान, केन्द्रीय समिति, काठमाडौं
सबैमा निमन्त्रणा गरेको छ ।

निर्वतमान उपराष्ट्रपति नन्दबहादुर पुनमगर (पासाङ)को प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रम थानकोटस्थित त्रिभुवनपार्कमा बिहान ११ः०० बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा मगर जातिका विभिन्न भाँकी, जुलुस र सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिनेछन् । कार्यक्रम साँस्कृतिक संस्थानको सहकार्यका साथ हुने भएकोले विशेष साँस्कृति प्रस्तुतीहरु पनि हुनेछन् । मगर समुदायको संस्कृति संरक्षण गर्ने उद्दश्यले कार्यक्रमकाे आयोजना गरिएको अध्यक्ष झविन्द्र पुनमगरले जानारी दिए ।

कार्यक्रमका सहआयोजक संस्थाहरूमा अथार मगर कलाकार संघ, नेपाल मगर संघ ओखलढुंगा–काठमाडौँ सम्पर्क समिति, नेपाल मगर संघ भोजपुर–काठमाडौँ सम्पर्क समिति, नेपाल मगर संघ उदयपुर–काठमाडौँ सम्पर्क समिति, नेपाल मगर संघ रामेछाप–काठमाडौँ सम्पर्क समिति, तकसेरा समाज, लुगुम्याल समाज, प्रकृतिपूजक मगर समाज,भूमे समाज काठमाडाैं, काेराल समाज, काठमाडाैं, सृजनशिला महिला समाज, लुगुम्याल चेलीबेटी आमा समूह, थबाङी समाज,काठमाडाैं, भूमे पर्व संरक्षण नेपाल, थबाङ समाज,काठमाडाैं, मगर उत्थान समाज गाेंगबुँ, काठमाडाैं, नेपाल मगर संघ पाल्पा-काठमाडाैं सम्पर्क समित, नेपाल मगर संघ म्याग्दी-काठमाडाैं सम्पर्क समिति, नेपाल मगर संघ बागलुङ-काठमाडाैं सम्पर्क समिति, नेपाल मगर संघ राेल्पा-काठमाडाैं सम्पर्क समिति, नेपाल मगर संघ अर्घाखाँची-काठमाडाैं सम्पर्क समिति, नेपाल मगर संघ सुर्खेत-काठमाडाैं सम्पर्क समिति, नेपाल मगर संघ तनहुँ-काठमाडाैं सम्पर्क समिति, नेपाल मगर संघ पाँचथर-काठमाडाैं सम्पर्क सिमिति, नेपाल मगर संघ सर्लाही-काठमाडाैं सम्पर्क सिमिति, नेपाल मगर संघ प्यूठान-काठमाडाैं सम्पर्क समिति, नेपाल मगर संघ धादिङ-काठमाडाैं सम्पर्क समिति, नेपाल मगर संघ महाेत्तरी-काठमाडाैं सम्पर्क समिति र नेपाल मगर संघ सिन्धुपाल्चाेक-काठमाडाैं सम्पर्क समिति रहेकाछन् ।