• फाल्गुन २६ २०८२, मंगलवार

कुलिङ पिरियड प्रकरणमा विशेष संसदीय छानबिन समिति बन्ने

असार २१ २०८२, शनिबार

काठमाडौँ । कुलिङ पिरियडमा भएको हेरफेरबारे विशेष संसदीय समिति बन्ने भएको छ । शनिबार सभामुख देवराज घिमिरेले बोलाएको कानुनमन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतकहरुको बैठकले कुलिङ पिरियड प्रकरणमा विशेष संसदीय छानबिन समिति बनाउन सहमति गरेको हो ।

संसदीय समिति सात सदस्यीय हुने र समितिमा नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट २–२ सदस्य रहने भएका छन् । त्यस्तै समितिमा रास्वपा, राप्रपा र माओवादी केन्द्रबाट १–१ सदस्य रहने सहमति भएको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले समितिको घोषणा सोमबार बस्ने प्रतिनिधि सभाको बैठकले गर्ने जानकारी दिएका छन् ।