• फाल्गुन २६ २०८२, मंगलवार

हर्कले लेखे खानेपानी मन्त्रीलाई पत्र– ‘एडीबीको ऋण स्वीकार्य छैन’

असार १९ २०८२, बिहीबार

काठमाडौँ । धरान महानगरका मेयर हर्क साम्पाङले खानेपानी मन्त्री प्रदिप यादवलाई पत्र लेख्दै धरानको खानेपानी आयोजनाको लागि एडीबीको ऋण नलिने स्पष्ट गरेका छन् ।

मेयर साम्पाङले सप्तकोशीको पानी ल्याउने आयोजनाका लागि केन्द्र सरकारले बजेटमा ४ करोड विनियोजन गरेको र बाँकी रकम एडीबीबाट ऋण लिइने भन्ने सुन्नमा आएको भन्दै देशलाई विदेशी ऋण बोकाउने कुरा ठिक नहुने पत्रमा लेखेका छन् ।

साथै उनले राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडी बढाउन आग्रह गरेका छन् ।