• फाल्गुन २६ २०८२, मंगलवार

हाम्रो पार्टी सरकारमा हुँदा किसान पाएनन, हाम्रै सरकारले जिम्मा लिनुपर्छ : गुरु बराल

असार १७ २०८२, मंगलवार

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कांग्रेस सरकारमा भएको बेला किसानले मल नपाए पार्टीले जवाफ दिनुपर्ने बताएका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले आवश्यकताको आधा मात्र मल उपलब्ध भएको बताए ।

‘खेतीपातीको बेला छ, मलको हामीमा जति आवश्यकता छ, त्यसको आधा मात्र हामीमा उपलब्ध छ । हामी सरकारमा छौँ, कृषिमन्त्री हाम्रै हुनुहुन्छ । किसानले मल नपाउँदा त्यसको जवाफ हामीले पनि दिनुपर्छ,’ उनले बैठकमा भने ।

उनले केन्द्रीय समिति बैठकमा नेताहरूबीच आग्रह र पूर्वाग्रहपूर्ण व्यवहार भएको भन्दै कटाक्ष गरे ।