काठमाडौँ । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ । आज नेप्से २८.९१ अंकले बढेर २६६०.३९ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३०९ कम्पनीका एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर ७ अर्ब ३ करोड ३० लाख ५० हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज सामुदायिक लघुवित्तको सेयर मुल्य सबैभन्दा बढी ९.८७ प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोको शेयर ९.८७ प्रतिशतले र वरुण हाइड्रोको शेयर मुल्य ८.४१ प्रतिशतले बढेको छ ।
त्यस्तै आज युनिलिभरको शेयर मुल्य सबैभन्दा बढी २.१३ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर डेभलपमेन्ट लिमिटेकोको शेयर ४६ करोड १६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।