• फाल्गुन २६ २०८२, मंगलवार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

असार १६ २०८२, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज देखि शुरु हुदैछ । केन्द्रीय कार्यालय सानेपामा बैठक अपराहन्न १ बजेदेखि शुरु हुदैछ ।

केन्द्रीय समितिको बैठकका एजेण्डा आइतबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले तय गरेको छ ।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा गठबन्धन सरकारको कामकारबाही, भ्रातृ संस्थाहरूको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरणलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै बैठकमा केन्द्र र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ-आफ्नो क्षेत्रको कामकारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउनेछन् । गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता महतले बताए । तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिइनेछ । त्यस्तै महामन्त्रीले पार्टीको सक्रिय सदस्यता वितरणको प्रगतिबारे जानकारी गराउनेछन् ।

प्रवक्ता महतका अनुसार यो बैठकले नेपाली कांग्रेसको आगामी रणनीति र संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । गठबन्धन सरकारको कार्यप्रगति र भ्रातृ संस्थाहरूको व्यवस्थापनले पार्टीको आन्तरिक एकता र बाह्य प्रभावकारितालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । बैठक सोमबारदेखि सुरु भई केही दिनसम्म चल्ने अपेक्षा गरिएको छ ।