काठमाडौं । नेपाल मगर संघकाे बागलुङ—काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशन काठमाडौंको गोंगबुँमा सम्पन्न भएको छ । अधिवेशनले बुद्धिमाया पुनको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा तुलबहादुर पुनमगर, महिला उपाध्यक्ष दीलु सलामीमगर, सचिव रोमु भुजेलमगर, सहसचिव कुसुम श्रीषमगर, कोषाध्यक्ष लक्ष्मी पुनमगर र सहकोषाध्यक्ष ज्ञानु रानामगर रहेका छन् ।
त्यस्तै नवनिर्वाचित सदस्यहरुमा गीता काउचामगर, रामु पुनमगर, ठगबहादुर काउचामगर, दीलसरा काउचामगर, थममाया श्रीषमगर, सन्ध्या मगर, गंगा छन्त्याल मगर, हेममाया श्रीषमगर, डम्बरबहादुर थापामगर, कर्णबहादुर थापामगर, हुमा बुढाथोकीमगर, धनमाया श्रीषमगर, किरण पुनमगर, दलबहादुर घर्तीमगर, चन्द्र रानामगर र दीलमाया रानामगर रहेकाछन् ।