• फाल्गुन २६ २०८२, मंगलवार

प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

असार १५ २०८२, आईतवार

काठमाडौँ । नेपाल आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक, २०८० च्यातेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिदै सांसद शाहले रोष्टममै विधेयक च्यातेका हुन् ।

उनले यो विधेयक आम जनता विरोधी भएको बताउदै आफ्नो दलले यसलाई अस्वीकार गर्ने बताए । उनले यो विधेयक सामाजिक न्यायको विरुद्ध रहेको भन्दै सच्याउन र फिर्ता लैजान माग गरेका थिए । यो विधेयकलाई अस्वीकार गर्दै उनले रोष्टममै विधेयक च्यातेर संसद बहिष्कार गरेका थिए ।