• फाल्गुन २४ २०८२, आईतवार

मस्कले फेरी गरे ट्रम्पको ‘बिग ब्युटिफुल विधेयक’ को आलोचना

असार १५ २०८२, आईतवार

काठमाडौँ । एलन मस्कले फेरि एक पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बिग ब्युटिफुल विधेयक’ को आलोचना गरेका छन् ।

मस्कले कर र खर्च कटौती गर्ने यो विधेयकलाई पागलपनले भरिएको बताएका छन् । मस्कले ट्रम्पको विधेयकले अमेरिकामा लाखौं रोजगारी समाप्त गर्नेछ र उदीयमान उद्योगहरूलाई ठूलो नोक्सान पुर्‍याउने बताएका छन् ।

मस्कले भनेका छन्- ‘सिनेटको नयाँ मस्यौदाले लाखौं रोजगारी समाप्त गर्नेछ र हाम्रो देशलाई रणनीतिक रूपमा हानि पुर्‍याउनेछ। यो कानूनले पुराना उद्योगहरूलाई रियायत दिन्छ, तर भविष्यका उद्योगहरूलाई नष्ट गर्नेछ ।’ उनले यस विधेयकले रिपब्लिकन पार्टीको लागि राजनीतिक आत्महत्या  हुने टिप्पणी गरेका छन् । मस्कले गत महिना यस विधेयकमाथि आफ्नो असन्तुष्टि व्यक्त गर्दै ट्रम्पसँग आमने सामने भएका थिए ।
यस विधेयकमा सिनेटबाट ५१-४९ मतले पारित समेत भएको छ । मतदानसँगै यो विधेयक छलफलको लागि अनुमोदन गरिएको छ । यसलाई जुलाई ४ सम्म सिनेटले पारित गर्नुपर्नेछ ।
यो विधेयक २२ मे मा तल्लो सदनमा केवल एक मतको अन्तरले पारित भएको थियो ।

‘बिग ब्युटिफुल बिल’ को विषयमा ट्रम्प र मस्क आमनेसामने भएका थिए । ट्रम्पले यो ‘देशभक्तिपूर्ण’ कानून भएको दाबी गर्दै आएका छन् । यसको पारितले अमेरिकामा लगानी बढाउने र चीनमाथिको निर्भरता कम गर्ने उनको दाबि छ । जबकि मस्कले यसलाई सुँगुरको मासुले भरिएको विधेयक अर्थात् बेकार खर्चले भरिएको विधेयक मान्छन् ।

बिग ब्युटिफुल बिलको विषयमा ट्रम्प र मस्कबीचको बहस जुन ५ मा सुरु भएको थियो, जब ट्रम्पले मिडियासँग कुरा गर्दै मस्कप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए ।