• फाल्गुन ३० २०८२, शनिबार

अवहेलना मुद्दामा दृष्टिका सञ्चालक श्रेष्ठ र सम्पादक सुब्बालाई जनही २५ हजार धरौटीमा छोड्न आदेश

असार १२ २०८२, बिहीबार

काठमाडौं । विशेष अदालतले दृष्टि साप्ताहिकका सञ्चालक शम्भु श्रेष्ठ र कार्यकारी सम्पादन एमपी सुब्बालाई जनही २५ हजार धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले श्रेष्ठ र सुब्बालाई धरौटीमा छोड्न आदेश दिएको हो ।

अवहेलना मुद्दामा यसअघि तीन दिनभित्र विशेष अदालतमा उपस्थित हुन श्रेष्ठ र सुब्बालाई आदेश दिइएको थियो ।

दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेल लगायतका बहस गरेका थिए । वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गरेका थिए । इजसालले आउँदो असार १५ मा साक्षी बकपत्रका लागि समय तोकेको छ ।