• फाल्गुन २४ २०८२, आईतवार

ट्रम्पले इरानलाई ‘आत्मसमर्पण’ को कुरा गरेर ठूलो अपमान गरे : खामेनी

असार १२ २०८२, बिहीबार

काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै कुरा बढाइचढाइ गरेको टिप्पणी गरेका छन् । करिब एक साता सार्बजनिक रुपमा देखा नपरेका खामेनीले एक भिडियो संदेश जारी गर्दै ट्रम्पको बारेमा कैयौं टिप्पणी गरेका छन् ।

उनले अमेरिकाले इरानको आणविक सुविधाहरूमा आक्रमण गरेर केही पनि हासिल नगरेको स्पष्ट गरेका छन् । उनले भने, ‘जे भए पनि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई बढाइचढाइ गरेका छन् ।

उनको कुरा सुन्ने जो कोहीले पनि भन्न सक्छ कि उनी सत्यलाई बङ्ग्याइरहेका थिए । हामीले यस क्षेत्रको एक प्रमुख अमेरिकी अड्डामा आक्रमण गर्यौं र अमेरिकाले यसलाई कम महत्त्व दिने प्रयास गर्‍यो ।’

साथै खामेनीले ट्रम्पले इरानबाट ‘आत्मसमर्पण’ को बारेमा कुरा गरेर ठूलो अपमान गरेको बताए । उनले भने- ‘इरान जस्तो महान देश र राष्ट्रको लागि, आत्मसमर्पणको उल्लेख नै अपमान हो ।’

खामेनीले अमेरिकाको सैन्य कारबाही आणविक संवर्धनको बारेमा नभएको बताउदै इरानलाई ‘आत्मसमर्पण’ गराउनु रहेको उनले बताए ।

आफ्नो सम्बोधनमा खामेनीले इजरायल र अमेरिकालाई इरानले परास्त गरेको बताउदै यो जितका लागि इरानी जनतालाई बधाई समेत दिएका छन् ।