• फाल्गुन ३० २०८२, शनिबार

इरानबाट थप तीन नेपालीको उद्धार

असार १२ २०८२, बिहीबार

काठमाडौँ । इरानबाट थप तीन नेपालीको उद्धार भएको छ । दिल्लीस्थित नेपाली दुताबासका अनुसार इरानको मसादबाट तीन जना नेपाली विहिबार बिहान दिल्ली आइपुगेका हुन् । उनीहरुलाई दूतावासका अधिकारीहरू र भारतको विदेश मन्त्रालयका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए ।

उनीहरू आजै नेपालको बुटवल प्रस्थान गर्ने दुताबासले जानकारी दिएको छ । यसअघि भारत सरकारले इरानबाट दुई पटकमा ६ नेपालीको उद्धार गरेको थियो । इरानमा रहेका ११ जना नेपालीले उद्धारको अनुरोध गरेपनि अहिलेसम्म ९ नेपाली फर्किएका छन् ।