• फाल्गुन २४ २०८२, आईतवार

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

असार १२ २०८२, बिहीबार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोला ३०० सयले बढेर तोलाको एक लाख ९२ हजार तीन सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर तोलाको २१७५ रुपैयाँमा कारोबार भइरहेको छ ।