• फाल्गुन २६ २०८२, मंगलवार

प्रधानमन्त्री ओलीले तिरे एमालेको सदस्यता शुल्क र लेबी

असार ११ २०८२, बुधबार

ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेका हुन् । अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।