• फाल्गुन २४ २०८२, आईतवार

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

असार १० २०८२, मंगलवार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोला १७ सयले घटेर तोलाको एक लाख ९३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको २१६० रुपैयाँमा कारोबार भइरहेको छ ।