काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
उक्त मुद्दाको थुनछेक बहसपछि आज अदालतले धरौटीमा छाड्न आदेश गरेको अदालतले जनाएको छ ।
सीआइबीले गत शुक्रबार रोकालाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो ।
उनी सुनकान्डमा मुछिएका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । ठमेलको होटेल भियना उनकै नाममा दर्ता छ ।