• फाल्गुन २४ २०८२, आईतवार

सुनको मुल्य स्थिर, चाँदीको बढ्यो, आज कतिमा हुादैछ कारोबार ?

असार ९ २०८२, सोमबार

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन तोलाको एक लाख ९५ हजार २ सयमै कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको २१७० रुपैयाँमा कारोबार भइरहेको छ ।