• फाल्गुन ३० २०८२, शनिबार

सामाजिक सञ्जालमा नेपाली महिलाको चरित्र हत्या गर्ने एक भारतीय पक्राउ

असार ८ २०८२, आईतवार

एभरेष्ट न्यूज एजेन्सी, काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ गरेको छ ।

ब्युरोले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतको बिहार, बेतियाका २० बर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको हो ।

उनलाई धादिङको धुनिवेशीस्थित खानीखोलाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार सामाजिक सञ्जाल फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानीका क्रममा पीडितको अश्लिल तस्विर तथा भिडियो पीडितलाई थाहा नदिई स्क्रिन रेकर्ड राखी उक्त तस्विर तथा भिडियो फेक फेसबुक एकाउन्टबाट परिवारका सदस्यलाई पठाई चरित्रहत्या गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।