• फाल्गुन २४ २०८२, आईतवार

११ महिनामा ७१ करोड ८७ लाखको विदेशी कोदो आयात

असार ७ २०८२, शनिबार

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकका अनुसार २०८१ साउनदेखि ०८२ जेठ मसान्तसम्म ७१ करोड ८७ लाख ८४ हजार रुपैयाँको १ करोड ४३ लाख ५५ हजार १ सय ३६ किलो कोदो आयात भएको छ ।

यसबाट ५ करोड ४० लाख ४ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको विभागको भनाइ छ । कुल कोदो आयातमध्ये ४ लाख ८५ हजार रुपैयाँको ८ हजार ६ सय ९५ किलो बीउको रूपमा भएको पनि विभागले जनाएको छ ।