काठमाडौँ । आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा हरेक महिनाको पहिलो साता सांसदहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने व्यवस्था गर्ने उल्लेख छ ।