काठमाडौँ । प्यालेस्टाइन सोलिडारिटी नेपाल कमिटीले इरारायललाई प्यालेस्टाइनमाथिको बर्बर आतंक बन्द गर्न चेतावनी दिएको छ ।
नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्यसमेत रहेका अभियन्ता बलराम बाँस्कोटाको नेतृत्वमा सोमबार राजधानीको सुन्धारामा विरोध प्रदर्शन गरिएको थियो ।
उक्त विरोध कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताका साथै नागरिक समाजका व्यक्तिहरूले इजरायललाई गाजामाथिको आक्रमण तत्काल बन्द गर्न आह्वान गरेका थिए ।
त्यस्तै युद्धको सामान्य नियमसमेत अंगिकार नगरिकन हजारौँ बालबालिकाहरुको हत्या गरेको भन्दै वक्ताहरूले इजरायललाई मानवता नभएको देश र शासकका रुपमा टिप्पणी गरिएको थियो ।
कार्यक्रममा इजरायललाई अमेरिकी साम्राज्यवादको साहारामा अमानविय र दानवीय कार्य गरिरहेकाले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने वक्ताहरुको भनाइ थियो ।