काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १५९ ग्राम तौलको सुन जस्तो देखिने अर्ध ठोस पदार्थसहित भारतीय नागरिक ५३ वर्षीया मीना सुरजीत सिंह खेमानी मंगलबार राति पक्राउ परेकी छिन् ।
एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।