• असार ४ २०८२, बुधबार

राप्रपाका नेता रवीन्द्र मिश्र ३ लाख रुपैयाँ धरौटीमा रिहा

असार ३ २०८२, मंगलवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं अदालतबाट रु. तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
काठमाडौं अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।

मिश्र मंगलबार नै बयानका लागि अदालत हाजिर भएका थिए । धरौटीमा रिहा भएपछि मिश्रले राज्यले अन्याय गरेपनि अदालतले न्याय दिएको प्रतिक्रिया दिए । राज्यले दोषी करार गर्न विभिन्न आरोप लगाउनु दुःखद रहेको उनले बताए ।

मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्र, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो ।

गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री धवलशमशेर राणा पनि सोमबार ३ लाख धरौटीमा रिहा भएका थिए । सोही घटनामा संलग्न दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान हुनुभएको छ ।