• असार ३ २०८२, मंगलवार

भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न काठमाडौं महानगरको रोक

असार ३ २०८२, मंगलवार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भदौ मसान्तसम्म महानगरभित्र सडक तथा फुटपाथ खन्न रोक लगाएको छ ।

मंगलबार एक सूचना जारी गर्दै महानगरले असार १ गतेदेखि भदौ मसान्तसम्म नगर पालिका क्षेत्रका सडक तथा फुटपाथ खन्न स्वीकृति दिने कार्य रोकिएको महानगरको सार्बजनिक निर्माण विभागले जानकारी दिएको छ ।

सूचनामा भनिएको छ—काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक र फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’