काठमाडौँ । सुख्खा पहिरो गएपछि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै गएको सुख्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको हो ।
उक्त स्थानमा पहिरो फाल्ने मेशिन संचालन भैसकेको र माथिबाट थप पहिरो नखसे अबको २९३ घण्टाभित्र सडक संचालनमा आउने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।