काठमाडौँ । इरानस्थित भारतीय दूतावासले तेहरानमा बसोबास गर्ने भारतीयहरूलाई शहर छोडेर सुरक्षित स्थानमा जान सल्लाह दिएको छ ।
इजरायल र इरानबीच बढ्दो द्वन्द्वको बीचमा, भारतीय दूतावासले आफ्नै स्रोतसाधन प्रयोग गरेर तेहरानबाट बाहिर जान सक्ने सबै भारतीय नागरिकहरूलाई शहर बाहिर सुरक्षित स्थानमा सर्न सल्लाह दिएको छ ।
साथै, तेहरानमा रहेका र दूतावासको सम्पर्कमा नभएका भारतीय नागरिकहरूलाई तुरुन्तै तेहरानस्थित भारतीय दूतावासलाई आफ्नो स्थान र नम्बर दिन अनुरोध गरिएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरान तुरुन्तै खाली गर्न सल्लाह दिएका थिए ।