• असार ३ २०८२, मंगलवार

सुन तोलामा २५ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

असार ३ २०८२, मंगलवार

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको २५ सयले घटेर तोलामा एक लाख ९५ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको २१६० रुपैयाँमा कारोबार भइरहेको छ ।