• असार ३ २०८२, मंगलवार

कलंकीस्थित विद्यालयको कम्पाउण्डभित्र भ्यान दुर्घटना, प्रधानाध्यापकसहित सात विद्यार्थी घाइते एकको मृत्यु

असार २ २०८२, सोमबार

काठमाडौँ ।  काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुलको कम्पाउन्ड भित्र इभी माइक्रो भ्यान दुर्घटना भएको छ ।
भ्यान दुर्घटना हुदा एक विद्यार्थीको मृत्यु भएको छ भने प्रधानाध्यापकसहित सात विद्यार्थी घाइते भएका छन् ।

दुर्घटनामा सर्लाही  स्थायी घर भई कुलेश्वर बस्ने ९ वर्षीया सोनाक्षी यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । दुर्घटनामा विद्यालयका प्रध्यानाध्यापक सुरज पोख्रेलसहित सात विद्यार्थी घाइते भएका छन् । सो दुर्घटनामा गाडीचालक हर्कबहादुर कार्की पनि घाइते भएको प्रहरीले जनाएको छ ।