काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार पनि सोहि मुल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।