• असार २ २०८२, सोमबार

आन्दोलनका कार्यक्रम तत्काल शुरु गर्न संयुक्त जनआन्दोलन समितिलाई राप्रपा नेपालको आग्रह

असार १ २०८२, आईतवार

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले आन्दोलनका कार्यक्रमहरू तत्काल शुरु गर्न संयुक्त जनआन्दोलन समितिलाई आग्रह गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राजसंस्थाको पक्षमा भएको आन्दोलनका क्रममा सरकारले गरेको दमन र निरङ्कुशताको भर्त्सना गर्दै आन्दोलनका कार्यक्रमहरू तत्काल शुरु गर्न संयुक्त जनआन्दोलन समितिलाई आग्रह गरेको  महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले आन्दोलनमा सहभागिताको निम्ति आमजनताप्रति आभार व्यक्त गरेको छ भने तिनकुने प्रदर्शनको क्रममा पक्राउ परेका दुर्गा प्रसाई लगायत सबैको झुठा मुद्दा खारेज गरी तत्काल रिहा गर्न माग गरेको छ ।

बैठकले भिजिट भिसा भ्रष्टाचार काण्डको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको बर्तौलाले जानकारी दिएका छन् ।