काठमाडौँ । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोडको बजेट ल्याएको छ ।
आइतबार अर्थमन्त्री डा. टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएका हुन् ।
आगामी आर्थिक वर्ष १२ अर्ब ६३ करोड पुँजीगततर्फ १९ अर्ब ९ करोड वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ ।
पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड समपूरक अनुदानमा ६३ करोड, विशेष अनुदान ४९ करोड आउने अनुमान गरिएको छ भने प्रदेशले ५ अर्ब ४५ करोड आन्तरिक आम्दानी गर्ने बजेटमा उल्लेख छ ।