• फाल्गुन २४ २०८२, आईतवार

मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट

असार १ २०८२, आईतवार

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजारको बजेट ल्याएको छ ।

आइतबार मधेश प्रदेश सभामा प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजारको बजेट सार्बजनिक गरेका हुन् ।

यो बजेट चालु आर्थिक बर्षको तुलनामा ६.१३ प्रतिशतले बढी रहेको छ ।

मधेश प्रदेशको बजेटको स्रोतमा आन्तरिक राजश्वबाट ९ अर्ब ५० करोड ८३ लाख, राजश्व बाँडफाँटबाट १२ अर्ब ३५ करोड ८४ लाख, संघको वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७२ करोड १९  लाख, सशर्त अनुदानबाट ४ अर्ब २६ करोड १८ लाख, समपुरक अनुदानबाट ३५ करोड ८२ लाख र विशेष अनुदानबाट ३९ करोड ४५ लाख र गत बर्षको नगद मौज्जतबाट १० अर्ब ३८ करोड २ लाख ५१ हजार बेहोरिने छ । यसमा न्यून हुने २ अर्ब अर्न्तिक ऋणबाट उठाइने बजेटमा उल्लेख छ ।