• असार २ २०८२, सोमबार

रास्वपाको नाराबाजीकै बीचमा प्रतिनिधि सभामा आर्थिक वर्षको बजेटमाथिको छलफल शुरु

असार १ २०८२, आईतवार

असार १ काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२–८३ को बजेटमाथि छलफल शुरु भएको छ ।

आइतबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीले आर्थिक वर्ष २०८२–८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै बजेटमाथिको छलफल शुरु भएको हो ।

सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफल आज र भोलि हुने समय तोकेको जानकारी गराएका छन् ।

यस अघि जेठ २०, २१, २२ र २३ गतेका लागि बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो । भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध भएपछि सो छलफल हुन सकेको थिएन ।

रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्दै संसदमा नाराबाजी गरिरहेको छ । नाराबाजीकै बीचमा सभामुख घिमिरेले संसदको कारवाही अगाडी बढाउदै बजेटमाथिको छलफल शुरु गराएका छन् ।