• असार २ २०८२, सोमबार

लगातार उकालो लाग्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

असार १ २०८२, आईतवार

असार १, काठामाडौं । सुनको मूल्य निरन्तर बढिरहेको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्यप्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदी भने प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत २७ जेठमा सुन प्रतितोला १ लाख ९० हजार र चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । २८ जेठमा सुन प्रतितोला १ लाख ९१ हजार ३००, २९ जेठमा १ लाख ९२ हजार ९०० र ३० तथा ३१ जेठमा प्रतितोला सुन १ लाख ९७ हजार १०० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।